बिर्तामोड । थारु कल्याणकारी सभा बाह्रदशी गाउँपालिकाको अध्यक्षमा पुनः सन्तोष चौधरी निर्विरोध निर्वाचित भएका छन् । आज सम्पन्न तेस्रो गाउँपालिका अधिवेशनबाट चौधरी पुनः अध्यक्षमा चुनिएका हुन् ।

 

सभाका झापा जिल्ला अध्यक्ष पुष्पलाल चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनबाट बाह्रदशीका लागि उपाध्यक्षमा हरिमान चौधरी, सचिवमा आस्ता चौधरी, सहसचिवमा विष्णु चौधरी र कोषाध्यक्षमा लिला चौधरी पनि निर्विरोध चयन भएका छन् ।

 

निर्वाचन संयोजक लवकुमार चौधरीका अनुसार सभाको सदस्यमा कदिन चौधरी, सुबकलाल चौधरी, तिजु चौधरी, संगीता चौधरी, शर्मिला चौधरी र सीता चौधरी चयन भएका छन् ।

 

सोही अधिवेशनले सकालु चौधरी, धर्मलाल चौधरी, सत्यनारायण चौधरी र भगवती चौधरीलाई सल्लाहकारमा चयन गरेको छ ।