मोरङ। मोरङको विराटनगर महानगरपालिका १९ कि २८ वर्षीया प्रियंका सुनारको हत्यामा संलग्न रहेको आशंकामा चार जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रियंकाकी २९ वर्षीय श्रीमान पनि छन् ।

 

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका ५ का ३५ वर्षीय उमेश सरदार, ६२ वर्षीय रमानन्द राम, विराटनगर महानगरपालिका ७ का ५३ वर्षीय श्रीराम चौधरी र प्रियंका सुनारको श्रीमान २९ वर्षीय रमेश साह रहेका छन् ।

 

हिजो फागुन ८ गते सोमबार दिउँसो मोरङको बुढीगंगा गाउँपालिका २ का नरसिंह चौधरीको ग्वाली घरमा प्लास्टिकको बोरामा लाश फेला परेको भन्ने खबर प्रहरीलाई जानकारी हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायव उपरीक्षकसहितको प्रहरी अनुसन्धान टोली घटनास्थमा खटिएको थियो ।

 

प्रारम्भिक अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा चार जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुको र उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।