शनिश्चरे । एकीकृत अखिल नेपाल शिक्षक सगठन अर्जुनधाराको अध्यक्षमा शनिश्चरे माविका शिक्षक रुद्र खतिवडा चयन भएका छन् । यसअघि उनी संगठनका सचिव थिए ।

 

बुधबार सम्पन्न संगठनको दोस्रो नगर अधिवेशनबाट ११ सदस्यीय समितिको अध्यक्षमा खतिवडा चयन भएका हुन् । नेकपा माओवादी केन्द्र शनिश्चरेको कार्यालयमा भएको अधिवेशनबाट संगठनको बरिष्ठ उपाध्यक्षमा गोरेलाल प्रधान, उपाध्यक्षमा गीता अधिकारी र महिला उपाध्यक्षमा सुस्मिता खतिवडा चयन भएका छन् ।

 

यसैगरी, संगठनको सचिवमा तिलचन अधिकारी र कोषाध्यक्षमा खगेन्द्र तिरुवा चयन भएका छन् भने सदस्यहरुमा मिना तामाङ, हिमालय पौडेल, प्रेमप्रसाद उप्रेती, प्रकाश दाहाल र बालकृष्ण नेपाल रहेका छन् ।

 

संगठनका टंकप्रसाद आचार्यको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र झापाका अध्यक्ष राजु आचार्य (अग्नि)को प्रमुख आतिथ्यमा भएको कार्यक्रममा माओवादी केन्द्र अर्जुनधाराका अध्यक्ष नारद तामाङ, जितेश योञ्जन, युएएनटिओ झापाका अध्यक्ष कपिलदेव तिम्सिनालगायतले आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा स्वागत सुस्मिता खतिवडाले गरेकी थिइन् ।