झापा । नेपाल भारत सीमा क्षेत्रमा अवैधरुपमा बाख्रा तस्करी गरिरहेको अवस्थामा पिकअप गाडी र मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

बुधबार राति ९ः५५ बजे ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले मे. १ च ४७३३ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा अन्दाजी मूल्य ७७ हजार ५०० रुपैयाँ बराबरको ३१ वटा बाख्राहरु अवैधरुपमा नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको थियो ।

 

उक्त गाडी अन्दाजी मूल्य १० लाखबराबरको गरी जम्मा १० लाख ७७ हजार ५०० बराबरको बाख्रा, गाडी र सोही गाडीका चालकहरु झापा वडा नं ३ बस्ने २६ वर्षीय सेख असरत र २९ वर्षीय रकमुदिन मियासमेतलाई नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।