तेह्रथुम । जिल्लाको पूर्वी गाउँपालिका आठराईमा भर्खरै अध्यक्ष रनिङ कप (महिला तथा पुरुष) फुटबल, पुरुष भलिबल र पुरुष ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

 

पुरुष फुटबलतर्फको विजेताले नगद १ लाख ५० हजार पाउँदा उपविजेताले नगद १ लाखमा चित्त बुझाएको थियो । पुरुषतर्फ फेदाप खेलकुद विकास समिति विजेता बन्दा उपविजेतातर्फ आयोजकका रुपमा रहेको आठराई गाउँपालिकाको ‘ए’ टिम रहेको थियो ।

 

यस्तै, फेदाप गाउँपालिकाकै महिला टिम उपविजेता बन्दै नगद ४० हजारमा समेटिएको थियो भने आठराई गाउँपालिकाको पोखरी मावि छाते विजेता बन्दै नगद ६० हजार पाउन सफल भएको थियो ।

 

यसैबीच, सांस्कृतिक तथा साहित्य कार्यक्रम फागु पूर्णिमाको दिन आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रमतर्फ निघुरादिनबाट आएको छुनु तुम्बाहाम्फेको समूह प्रथम भएको थियो ।

 

 

एउटा गीतमा नाचेर तुम्बाहाम्फेको टोली प्रथम भयो । नृत्यमा चार जना सहभागी थिए । चारै जना विभिन्न जातिको भेषभुषामा थिए । निर्णायकको नतिजाअनुसार उनीहरु प्रथमहुँदै नगद १५ हजार पाउन सफल भए ।