झापा । झापामा लागूऔषध मुद्दामा फरार एक प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक नगरपालिका वडा नम्बर १० का ३१ वर्षीय शिवकुमार सोरेन रहेका छन् ।

 

झापा जिल्ला अदालतको २०७१ चैत १९ गतेको फैसलाअनुसार लागूऔषध मुद्दामा उनलाई २ महिना कैद र २ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

 

फरार रहेका सोरेनलाई जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो । उनलाई झापा जिल्ला अदालतमा उपस्थित गराइ अदालतको आदेशले कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।