झापा । भारतबाट भन्सार छलेर नेपाल भित्र्याइएको चार लाख रुपैयाँभन्दा बढीको कस्मेटिक सामान प्रहरीले बरामद गरेको छ ।

 

इलाका प्रहरी कार्यालय धुलाबारीको टोलीले मेचीनगर नगरपालिका १५ स्थित विचार्नीमा उक्त मूल्यबराबरको कस्मेटिक सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 

मेची भन्सार काँकडभिट्टाभन्दा दक्षिणको खुला सीमाबाट सामान भित्र्याइएको बताइएको छ । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइसकेको प्रहरीले जनाएको छ ।