विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ६ स्थित केशलिया मार्गबाट स्रोत नखुलेको करिब २० लाख रुपैयाँसहित एक व्यक्ति पक्राउ परेका छन् ।

 

मोरङ प्रहरीले बुधबार दिउँसो विराटनगरको केशलियाबाट सुनसरी देवानगंज ५ साहेवगंजका ४९ वर्षीय सुरेप्रसाद साहलाई १९ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरेको हो ।

 

प्रहरीले शंका लागेर सोधपुछ गर्ने क्रममा उनले रकमको कुनै पनि स्रोत भन्न नसकेपछि नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ । पक्राउ गरिएका साहको साथबाट नगदसहित को. ७ प ५२२१ नम्बरको सुपर स्प्लेन्डर मोटरसाइकल र एक सेट मोवाइल बरामद भएको छ ।

 

उनलाई थप अनुसन्धानका लागि राजस्व कार्यालय इटहरीमा पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिएका छन् ।