फिदिम । पाँचथरमा चट्याङ लागेर एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । गएराति चट्याङ लागेर पाँचथरको गोपेटार प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको मृत्यु भएको हो ।

 

कार्यालयमै चट्याङ लागेर गम्भीर घाइते भएका माझीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको पाँचथरका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक सुमित कुसुवाहले जानकारी दिए ।

 

इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी रहे पनि मोरङको ग्रामथान ४ का ३५ वर्षीय माझी गोपेटारमा कार्यरत थिए ।