झापा । इलामका पत्रकार गणेश अर्याललाई पत्नीशोक परेको छ । पत्रकार गणेश अर्यालकी पत्नी तारा रिजालको ४५ वर्षको उमेरमा आज बिहान २ः२० बजे घरमै निधन भएको हो ।

 

रोङ गाउँपालिका ३ कोल्बुङ निवासी रोङ मिडिया प्रालिका अध्यक्ष, ईको चिया सहकारी संस्थाका व्यवस्थापक, रेडक्रसकर्मी पत्रकार अर्यालकी पत्नी लामो समयदेखि क्यान्सरबाट पीडित रहेकी थिइन् ।

 

मृतकका तीन छोरीहरु गरिमा ,कृतिका र योजना अर्याल रहेका छन् । आज ९ बजे बिहान झापाको बुद्धशान्तिस्थित टिमाइ घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।