झापा । प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित बाह्रदशीका एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय जफिर आलम रहेका छन् ।

 

शनिबार दिउँसो २ः३० बजे विशेष सूचनाको आधारमा झापा गाउँपालिका वडा नम्बर ५ पन्थापडास्थित हुलाकी राजमार्गमा भारतबाट नेपालतर्फ आउँदै गर्दा आलम पक्राउ परेका हुन् ।

 

मे. १० प ५६४२ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्दा चालक बाह्रदशी गाउँपालिका वडा नम्बर ४ चकचकी बस्ने ३२ वर्षीय जफिर आलमको साथबाट प्लाष्टिकसहित १९ ग्राम २२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

 

नगद ११ हजारसमेत फेला पारी मोटरसाइकल र चालक आलमलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।