झापा । झापामा लागुओैषध कारोबारीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ । प्रहरीले ६ राउण्ड गोली चलाएको बताइएकाे छ ।

 

नेपाल-भारत सिमानाका झापा गाउँपालिका ६ स्थित कामाटोलीमा प्रहरीले सोमबार साँझ ६ बजेको समयमा गोली चलाएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी मिलन केसीले जानकारी दिएका छन् ।

 

भारतबाट लागुओैषध बोकेर नेपालतर्फ आइरहेका अन्दाजी ३० बर्षीय अबदुल रसिद मियाले प्रहरीमाथि आक्रमण गरेपछि प्रतिकारमा प्रहरीले गोली चलाएको एसपी केसीले बताए ।

 

त्यस क्रममा प्रहरीले प्रतिकारमा ६ राउण्ड गोली चलाएको थियो । प्रहरीले मियालाई नियन्त्रणमा लिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।