खुदुनाबारी । झापाको अर्जुनधारा ३ स्थित खुदुनाबारीको डाँडा गाउँमा श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेका छन् ।

 

अर्जुनधारा ३ स्थित कुम्भिटारका अन्दाजी ५० वर्षका वीरबहादुर चौहानले करिब ३५ वर्षीया श्रीमती मुना भुजेललाई धारिलो हतियार (बाम्फोक) प्रहार गरी घाँटी काटेर हत्या गरेका हुन् ।

 

श्रीमतीकाे हत्या गरी फरार रहेका चौहानलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडका डिएसपी प्रकाश बिष्ट नेतृत्वको प्रहरी टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।

 

मृतक भुजेलकी २ छोरा र २ छोरी रहेका छन् । हत्या गरी फरार रहेका चाैहानलाई स्थानीय जुकेखाडी जंगलमा लुकिरहेकाे अवस्थामा पक्राउ गरिएकाे अर्जुनधारा ३ का वडाध्यक्ष सिताराम भट्टराईले जानकारी दिए । घटनाको सम्बन्धमा थप विवरण आउन बाँकी रहेको छ ।