सांकेतिक तस्वीर ।

विराटनगर । इलाम र सुनसरी जिल्लाबाट जुवातास खेल्ने १८ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो इलाम ७ मा जुवा खेलिरहेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी खटिएको थियो ।

 

प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा इलाम ६ का ४४ वर्षीय सुमन श्रेष्ठ, ३७ वर्षीय रञ्जन बिक, ४२ वर्षीय विकास लिम्बू, ४० वर्षीय सुन्दर परियार, ४० वर्षीय मणिकुमार प्रधान, ४१ वर्षीय मिनराज सुब्बा, इलाम ७ का २७ वर्षीय सुवास श्रेष्ठ, ३० वर्षीय अनिल श्रेष्ठ, इलाम ८ का ३३ वर्षीय देवकुमार राई, ३५ वर्षीय केशब सुबेदी र इलाम ३ का २८ वर्षीय कर्ण तामाङलाई पक्राउ गरेको हो ।

 

प्रहरीले जुवाको खालबाट नगद २ लाख ४५ हजार ३६० रुपैयाँ र १० बुङ ताससमेत बरामद गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

 

यसैगरी इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सुनसरी धरान उपमहानगरपालिका १ आदर्श मार्गस्थित शम्भु रेग्मीको घरमा अवैध जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

 

प्रहरीका अनुसार धरान १ का ३१ वर्षीय प्रज्वल रेग्मी, ३१ वर्षीय सबिन बस्नेत, २९ वर्षीय रवि चौधरी, ३५ वर्षीय प्रदिप सुवेदी, धरान १६ का २९ वर्षीय आशिष प्रधान, धरान १५ का ३२ वर्षीय अविशेक लिम्बू र धरान १२ का ३६ वर्षीय रवि साह पक्राउ परेका छन् ।

 

उनीहरुको साथबाट नगद ४७ हजार २ सय र १ बुङ तास बरामद भएको थियो । पक्राउ परेका उनीहरुको आवश्यक कानुनी कारवाही भईरहेको जनाइएको छ ।