
बिर्तामोड । झापाको बिर्तामोडमा बिहीबार अर्को सडेगलेको शव फेला परेको छ । बिर्तामोडको धर्मकाँटा रोडमा अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको हो ।
इलाका प्रहरी कार्यालय बिर्तामोडले शवको मुचुल्का गरेर पोष्टमार्टमको लागि पठाएको जनाएको छ । करिब एक साताअघि मृत्यु भएको जस्तो शव फेला परेको बताइएको छ । एभरेष्ट बैंक पछाडिको कम्पाउण्ड गरेको जमिनमा रहेको टहरामा शव फेला परेको हो ।
प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन । केही दिन अगाडिसम्म त्यस स्थानमा मागेर खादै आएका व्यक्तिको मृत्यु भएको हुनसक्ने अनुमान स्थानीयको छ ।
यसअघि आज बिहान गिरीबन्धु चिया बगानभित्र सडेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो । उक्त शव पाँचथर रानीटार २ का ३८ वर्षीय कुमार गुरुङको रहेको प्रहरीले जनाएको छ ।