शनिश्चरे । झापाको अर्जुनधारा जलेश्वरधाममा १९ जोडीको सामूहिक विवाह गरिएको छ । धाम परिसरमा १९ जोडीको दाइजोरहित सामुहिक विवाह गरिएको हो ।

 

विश्व हिन्दु परिषद् नेपालले अर्जुनधारा नगरपालिका ७ स्थित जलेश्वरधाममा बुधबार झापासहित विभिन्न जिल्ला १९ जोडीको सामूहिक विवाह गराइएको हो ।

 

 

वडा कार्यालयले कानुनबमोजिम उमेर पुगेको सिफारिस गरेको आधारमा अभिभावकको उपस्थितिमा जोडीहरूको हिन्दु परम्पराअनुसार विवाह गरिदिएको अर्जुनधारा जलेश्जरधाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले जानकारी दिए ।

 

सामूहिक विवाहमा वरवधूलाई आवश्यक शृङ्गारिक कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरी, गाग्री खड्कुँलासहित भाँडावर्तन र शुद्ध शाकाहारी खानाको व्यवस्थासमेत गरिदिएको उनको भनाइ छ ।

 

अर्जुनधारा धाम विकास समितिले अर्को वर्षदेखि १०८ जोडीको सामूहिक विवाह गर्ने लक्ष्य लिएको जनाइएको छ ।