इलाम । दक्षिण पश्चिम इलाममा फरक क्षमता भएकी नाबालिकालाई सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् । फरक क्षमता भएकी नाबालिकालाई उनीहरुले हात बाँधेर बलात्कार गरेको आरोप छ ।

 

पक्राउ पर्नेहरुमा इलाम फाकफोकथुम गाउँपालिका ४ बस्ने ३८ वर्षीय साजन सुब्बा र सोही ठाउँ बस्ने ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् । उनीहरुले वैशाख ५ गते डर त्रास एवं धम्की दिई हात बाँधेर बोल्न कराउन नदिई नाबालिकालाई सामूहिक रुपमा जबरजस्ती करणी गरेका थिए ।

 

घटनापछि फरार दुवै जनालाई जिल्ला प्रहरी कार्यालय इलामको विशेष टोलीले वैशाख ६ गते लुकीछिपि बसेको अवस्थामा स्थानीय फुएतप्पाबाट पक्राउ गरेको सूचना अधिकारी डीएसपी मानबहादुर राईले बताए ।

 

पक्राउ परेका दुवै अभियुक्तहरुलाई जिल्ला अदालत इलाममा उपस्थित गराई वैशाख ६ गतेदेखि लागु हुने गरी ७ दिन म्याद थप भई अनुसन्धान कार्य भइरहेको डीएसपी राईले जानकारी दिएका छन् ।