झापा । झापामा पहिलोपटक प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधाराका युवा रहेका छन् ।
आज दिउँसो इलाका प्रहरी कार्यालय बिर्तामोडमा आक्रमण गर्न गएका प्रदर्शनकारीसँगको झडपमा प्रहरीले गोली चलाएको थियो ।
सो गोली लागेर अर्जुनधारा ६ निवासी अन्दाजी ३६ वर्षका गोपाल सेढाईको मृत्यु भएको हो । दिउँसो ४ बजेतिर गोली लागेका सेढाई सडकमै ढलेका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।
प्रहरीसँगको झडपमा परी आज बिर्तामोडमा करिव दुई दर्जन घाइते भएका छन् । उनीहरुको बीएण्डसीलगायतका अस्पतालमा उपचार भइरहेको छ ।