झापा । अर्जुनधारा ११ बस्ने २६ वर्षीय वीरेन्द्र लिङदेन र दमक १ का ३३ वर्षीय हर्कबहादुर कुमाल प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंगलबार साँझ ६ः३० बजे अर्जुनधाराका वीरेन्द्रलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मेचीनगर ६ स्थित मेचीपुलमा १ ग्राम ३३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

यसैगरी, अपराह्न ४ः२० बजे दमक ६ स्थित बसपार्क क्षेत्रबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले हर्कबहादुरलाई शंका लागेर चेकजाँच गर्ने क्रममा २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगर फेला पारी निजलाई नियन्त्रणमा लिई अनुसंधान गरिरहेको जिप्रका झापाले जनाएको छ ।