झापा । इन्टरनेट सेवा प्रदायक संस्था वल्डलिङ्क कम्युनिकेसन्सले आफ्ना ग्राहकका लागि कार उपहार र विदेश भ्रमणसहितको दशैं विशेष अफर ल्याएको छ। खल्ती आइएमई वालेटबाट वल्डलिङ्कको रिचार्ज गर्दा विभिन्न देश घुम्ने र कार उपहार जित्ने अवसर पाइने भएको हो।

 

दशैं विशेष अफरमा वल्डलिङ्कले ल्याएको बम्पर उपहार योजनाअन्तर्गत खल्ती मोबाईल एपमार्फत वल्डलिङ्कको रिचार्ज भुक्तानी गर्दा भाग्यशाली १२ जोडीलाई थाइल्याण्ड, सिङ्गापुर, भियतनाम, दुवई र मलेसिया घुम्ने अवसर पाउने छन।

 

त्यस्तै एकजना भाग्यशाली ग्राहकले डिपल कम्पनीको इभी कार उपहार जित्ने अवसर पाउने वल्डलिङ्कले जनाएको छ। अफरमा सहभागी हुन ग्राहकहरुले खल्तीमार्फत आफ्नो बिल भुक्तानी गर्नु पर्नेछ। एक महिनाको बिल तिर्ने ग्राहकले एउटा कुपन, तीन महिनाको बिल तिर्नेले दुई वटा कुपन र १२ महिनाको बिल तिर्नेले पाँचवटा कुपन एसएमएसमार्फत प्राप्त गर्ने छन्।

 

ग्राहकले प्राप्त गरेको कुपनमार्फत उनीहरु स्वतः लक्की ड्र मा समावेश हुने बताइएको छ । योजनाअनुसार खल्तीबाट वल्डलिङ्कको इन्टरनेट प्याकेज खरिद गरे वा नविकरण गरेमा साम्सुङ कम्पनिका बिभिन्न उत्पादनहरूमा ४० प्रतिशतसम्म छुट पनि पाउन सकिने छ।