फाइल तस्वीर ।

काठमाडौँ । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारलाई देश जिम्मा लगाएर आफू विदेश नभाग्ने बताएका छन् ।

 

राष्ट्रिय युवा संघ नेपालले भक्तपुरको गुन्डुमा आयोजना गरेको ‘बडादसैंको अवसरमा खुला भेटघाट’ कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘यो हाहुको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं ? हामीले यो देश बनाउनुपर्नेछ । फेरि संवैधानिक मूलधारमा देशलाई ल्याउँछौं । शान्ति सुशासनमा फर्काउँछौं ।’

 

आफूले कुनै षड्यन्त्र नगरेको भन्दै उनले थपे, ‘यो सरकारले मैले बोलेका कुरा रेकर्ड गरेर बाहिर ल्यायोस् । हिम्मतका साथ प्रकाशित गरोस् । मैले कर्मचारीलाई दिएका निर्देशन, प्रहरीलाई दिएका निर्देशन रेकर्डेड छन्, बाहिर ल्याओस् ।’

 

वर्तमान सरकार जनताको अभिमतबाट बनेको नभई तोडफोड र आगजनीबाट बनेको ओलीले आरोप लगाए । उनले आफू अहिले बसेको घर ‘लोकेट’ गरेर आक्रमणको धम्की दिँदा पनि सरकारले सुरक्षा नदिएको गुनासोसमेत गरे । इकान्तिपुरबाट