झापा । बिहीबार राति बिर्तामोडमा जुवा खेल्दै गर्दा पक्राउ पर्ने जुवाडेहरुको नाम प्रहरीले सार्वजनिक गरेको छ । राति १० बजे बिर्तामोड ८ किसनभिट्टास्थित ओमनाथ उप्रेतीको घरको दोस्रो तलामा जुवाजन्य तास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा बिर्तामोड ८ का ३५ वर्षीय कालीप्रसाद राजवंशी, ५३ वर्षीय भानु दाहाल, ४६ वर्षीय राजन भट्टराई, ३१ वर्षीय दिलिपप्रसाद राजवंशी, ५० वर्षीय ओमनाथ उप्रेती, २५ वर्षीय निरज रोक्का, २९ वर्षीय मनिष पौडेल, ३५ वर्षीय कुबेर मैनाली, २६ वर्षीय मनोज पौडेल, ३७ वर्षीय स्वस्तिक ओली र ३० वर्षीय प्रितम उप्रेती रहेका छन् ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोलीले घरधनी उप्रेतीसहितलाई जुवाजन्य तास खेलिरहेको अवस्थामा एक बुङ तास, नगद २ लाख १५ हजार ५५० रुपैयाँ र ९ थान मोबाइलसहित नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।