अर्जुनधारा । झापाको अर्जुनधारा ९ स्थित खरबन्दीमा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान्स फुटबल प्रतियोगितामा ४ नम्बर वडा विजयी भएको छ ।

 

नमूना खेलमैदानमा बुधबार भएको खेलमा अर्जुनधारा ७ लाई ४-१ गोल अन्तरले पराजित गर्दै अर्जुनधारा ४ नम्बर वडा विजयी भएको हो । अर्जुनधारा ४ को जितका लागि सुरेन्द्र लिम्बू र इन्द्र कटुवालले गोल गरेका हुन् । यता अर्जुनधारा ७ का लागि जीवलसेन थापाको सान्त्वना गोल रह्यो ।

 

आजको खेलको प्लेयर अफ दी म्याच विजेता टिमका इन्द्र कटुवाल भए । उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, फिफा रेफ्री श्याम दनुवारलगायतले नगद १५ सयबाट पुरस्कृत गरे ।

 

भोलि (बिहीबार)को खेल दिउँसो ३ बजे अर्जुनधारा १ र ९ बीच हुने आयोजक गोलधाप युवा क्लबका सदस्य मौसम मगर ‘आइडु’ले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५१ हजार पाउने छ ।