शनिश्चरे । अर्जुनधारा १ नम्बर वडा कार्यालयको टिम झापामा जारी मचिन्द्र सुब्बा स्मृति दोस्रो वडास्तरीय भेट्रान नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आइतबार भएको खेलमा अर्जुनधारा ३ लाई ५-० गोलअन्तरले पराजित गर्दै अर्जुनधारा १ सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

अर्जुनधारा १ का लागि समिर सुब्बा, विक्रम गोले, विजय सेन्दाङले १-१ गोल गरे भने सुवास राईले व्यक्तिगत २ गोल गरेका हुन् । विक्रम गोले उत्कृष्ट खेलाडी भएका थिए ।

 

उनलाई झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले ‘मामा’, अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जागिरमान राईलगायतले नगद पुरस्कार १५ सयबाट पुरस्कृत गरे । भोलि (सोमबार) अर्जुनधारा ४ र अर्जुनधारा ११ बीच हुने आयोजक गाेलधाप युवा क्लबका उपाध्यक्ष सुमन चिमरीयाले जानकारी दिए ।