झापा । झापाको कमल गाउँपालिकाबाट एक युवालाई प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आज दिउँसो १ बजे इलाका प्रहरी कार्यालय दमकको टोलीले कमल गाउंपालिका ६ का लक्ष्मण राजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
स्थानीय गुवाबारीमा मे. ११ प ६०५० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा राजवंशीले लगाएको सटको गोजीमा प्लाष्टिकमा पोका पोका पारी राखेको ३ ग्राम ४४० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनको साथबाट २२ हजार नगद र एक थान मोबाइल पनि बरामद भएको प्रहरीले जनाएको छ । लागुऔषधको कारोबारमा संलग्न राजवंशीलाई इलाका प्रहरी कार्यालय दमकमा अनुसन्धान भइरहेको जनाइएको छ।