झापा । बिर्तामोड ५ को मंगलदिप टोलमा सञ्चालन भइरहेको कन्सर्टमा कुटपिट भएको छ । कुटपिटबाट एक जना घाइते भएका छन् ।
गएराति ११ः३० बजे भएको कुटपिट घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड ६ स्यालडाँगी बस्ने २२ वर्षीय सोम हस्दा घाइते भएका हुन् । उनको अनुहारमा चोट लागेको छ भने बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
कुटपिटमा संलग्न इलाम नगरपालिका १२ घर भई हाल अर्जुनधारा ११ बस्ने २४ वर्षीय मनिस लिम्बू, अर्जुनधारा ११ बस्ने १७ वर्षीय सुजल गजमेर र पाँचथर हिलिहाङ ७ बस्ने १९ वर्षीय सागर थापालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।