दमक । झापाको दमकमा प्रहरीले चार लाख रुपैयाँबराबरका अवैध कपडा तथा एउटा अटो बरामद गरेको छ।

 

इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी सहायक निरीक्षक राजकुमार श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले शुक्रबार दमक नगरपालिका ८ स्थित पूर्व-पश्चिम राजमार्गको दक्षिणतर्फको गल्लीबाटोमा शंकास्पद अवस्थामा रहेको मे १ ह ७४०१ नम्बरको रातो अटो रोकी जाँच गर्न खोज्दा चालक अटो छाडेर फरार भएको प्रहरीले जनाएको छ।

 

जाँचका क्रममा अटोभित्र अवैधरूपमा लुकाइछिपाइ ल्याइएका विभिन्न कपडा र साडी बरामद भएको प्रहरीले जनाएको छ। बरामद कपडाको अनुमानित मूल्य १ लाख ५० हजार रुपैयाँ रहेको छ भने अटोको मूल्य २ लाख ५० हजार रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

 

बरामद कपडा र अटोको कुल मूल्य ४ लाख रुपैयाँ रहेको छ। बरामद सामान इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ भने फरार चालकको खोजीका साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।