बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको होम आइशोलेसनमा मृत्यु भएको छ । संक्रमितमध्ये ६ जना महिला र १५ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडका २ महिला र २ पुरुष, मेचीनगरका ३ जना पुरुष, दमकका १ जना महिला र २ जना पुरुष, अर्जुनधारा नगरपालिका, झापा र बाह्रदशी गाउँपालिकाका समान १-१ जना महिलामा पनि संक्रमण पुष्टि भएको छ ।

यसैगरी, भद्रपुर, कनकाई, गौरादह, बुद्धशान्ति र कचनकवलमा समान १-१ जना पुरुषमा पनि संक्रमण भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यस्तै, पालिका नखुलेका २ जना पुरुषमा पनि संक्रमण भएको छ ।

आज दमक ९ का ८२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । कोरोना संक्रमणपछि होम आइशोलेसनमा रहेकै बेला उनको मृत्यु भएको हो ।

यो सँगै झापामा कोरोना संक्रमितको संख्या ४ हजार १८२ पुगेको छ भने कोरोना जितेर घर फर्किनेको संख्या २ हजार ८६४ रहेको छ । सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्या १ हजार २०१ रहेको छ । झापामा हालसम्म कोरोना संक्रमणका कारण ११७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।