काठमाण्डौ । नेपालमा कोरोना भाइरस (कोभिड १९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ४३ हजार तीन सय ७७ पुगेको छ । मङ्गलबार थप एक हजार तीन सय ८२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गएको २४ घण्टामा एक हजार ६ सय २१ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख २९ हजार ५४ पुगेको छ । अब नेपालमा १२ हजार ६ सय ८६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै पाँच सय २३ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप २३ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ३७ पुगेको छ ।