बिर्तामोड । पछिल्लो २४ घण्टामा झापाका २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १४ जना महिला र १४ जना पुरुष रहेका छन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार दमक नगरपालिकाका २ महिला र २ पुरुष, बिर्तामोडका ४ जना महिला, भद्रपुरका २ महिला र ४ पुरुष, अर्जुनधारा, गौरादह र बुद्धशान्तिका समान १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै, झापा गाउँपालिकाका १ महिला र १ पुरुष, मेचीनगरका ३ महिला र २ पुरुष र शिवसताक्षीका २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस अवधिमा झापामा कोरोना संक्रमणबाट कसैको ज्यान गएको छैन ।

यो सँगै झापामा कुल संक्रमितको संख्या ४ हजार २१० पुगेको छ भने कोरोनालाई जितेर घर फर्किनेको संख्या हालसम्म २ हजार ९६० रहेको छ ।

यसैगरी, सक्रिय संक्रमित भइ विभिन्न आइशोलेसनमा उपचाररतको संख्याा १ हजार १३३ रहेको छ । झापामा कोरोना संक्रमणबाट हालसम्म ११७ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।