बिर्तामोड । ग्यालेक्सी फिटनेस बिर्तामोडका सुमन लिम्बू दोस्रो मिस्टर मेची भएका छन् ।
बडी ग्यारेज बिर्तामोडले आयोजना गरेको मिस्टर मेचीको दोस्रो संस्करणको उपाधि ग्यालेक्सीका सुमनले हात पारेका हुन् ।

शनिबार राति अबेर सम्पन्न फिनाले राउण्डमा गोलधाप निवासी ग्यालेक्सीका सुमनले ७० केजी तौल समूहबाट ओभरअल विजेता बन्दा नगद ५० हजारसहित विभिन्न गिप्mट ह्याम्पर पाए ।
लिम्बूले पाँच वटा तौल समूहका विजेतालाई पराजित गरेका थिए । प्रतियोगितामा २५ जना खेलाडीले सहभागिता जनाएका थिए ।