झापा । झापाको देउनिया खोलाको पुलमुनि एक जना पुरुषको बेवारिसे शव फेला परेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ ।
आज (मंगलबार) साँझ ६ बजे बिर्तामोड-भद्रपुर रोडअन्तर्गत बिर्तामोड ८ स्थित देउनिया पुलमुनि बेबारिसे शव फेला परेको हो । मृत्यु हुने व्यक्तिलाई हिजोदेखि त्यही स्थानमा सुतेको अवस्थामा स्थानीयले देखेको बताएका छन् ।