फिदिम । यहाँ सोमबार सम्पन्न तेस्रो पाँचथर गोल्डकपको उपाधि डाँगीहाट फुटबल क्लबले हात पार्दा कप्तान विक्रम लिम्बू सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

उपाधिसँगै मोरङले ४ लाख रुपैयाँ हात पार्यो । उपविजेता दार्जी्लिङले भने २ लाख रुपैयाँमा चित्त बुझायो । फाइनल खेलमा मोरङका हेमन्त थापा म्यान अफ दी म्याच हुदै दश हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियागितामा ६ गोल गरेका मोरङका विदेशी खेलाडी अरमान भिदुम सर्वाधिक गोलकर्ता हुदै १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट गोलरक्षक मोरङका दिनेश थापामगर, उत्कृष्ट डिफेन्डर दार्जीलिङका दिवस लिम्बू ,उत्कृष्ट फरवार्ड मोरङका संजोग राई, उत्कृष्ट मिडफिल्डर दार्जीलिङका वाङदेल तामाङ बने । उत्कृष्ट सबैले समान दश हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगिताको उदयीमान खेलाडी पाँचथर क्लबका हेमन्त दर्नाल चुनिए । दर्नालले दश हजार रुपैयाँ प्राप्त गरे । डाँगीहाट फुटबल क्लबका विक्रम लिम्बु सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै स्कुटर प्राप्त गरे ।