अर्जुनधारा । नजिकिँदै गरेको मातातीर्थ औंसीको सन्दर्भमा लालीगुँरास महिला कृषि सहकारी संस्थाले सोमबार ४० जना मातालाई सम्मान गरेको छ ।

संस्था सञ्चालक समितिकी अध्यक्ष मेनुका पौड्यालको अध्यक्षता र नगर उपप्रमुख कमला खतिवडा आचार्यको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित आमाहरुलाई ढाकाको झोलासहित फलफूल वितरण गरिएको कार्यक्रममा नगर बोर्ड सदस्य हरिमाया भण्डारी दाहाल, नगर सभा सदस्य खड्गमाया पौड्यालीलगायतले संस्थाको उक्त कार्यको प्रशंसा गरेका थिए ।

समितिकी उपाध्यक्ष चन्द्रा सुब्बाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक पवित्रा श्रेष्ठ गिरीले गरेकी थिइन् ।