शनिश्चरे । मिस नेपाल कसमो २०२५ दीपशिखा नेपाललाई झापाको अर्जुनधारा ७ स्थित रुपरत्न मेमोरियल बोर्डिङ स्कूलले आइतबार दोसल्ला ओढाएर सम्मान गरेको छ । शैक्षिक सत्र २०८२ कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्ने क्रममा अर्जुनधारा १ निवासी नेपाललाई सम्मान गरिएको हो ।

 

उनी यसै विद्यालयकी पूर्व विद्यार्थी हुन् । उनलाई विद्यालयकी प्रधानाध्यापक नम्रता गिरीले दाेसल्ला ओढाउनुका साथै कार्यक्रमका प्रमुख अतिथि अर्जुनधारा प्रेस क्लबका अध्यक्ष एवम् न्यूज सञ्जाल डटकमका सम्पादक रमेश समदर्शीले सम्मानपत्र प्रदान गरेका थिए ।

 

शिक्षकका तर्फबाट शिक्षक नारायण पोखरेल र विद्यार्थीका तर्फबाट छात्र कमलसिंह डाँगीले स्वागत गरेको कार्यक्रममा ४० जना विद्यार्थीलाई अविर, माला र मायाको चिनोबाट स्वागत गरिएको थियो ।

 

 

सोही कार्यक्रममा गत शैक्षिक वर्ष २०८१ मा कक्षा ११ तर्फ प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरु क्रमशः कमलसिंह डाँगी, रोजिना चापागाईं र गंगा दनुवारलाई नगद तीन हजार, दुई हजार र एक हजारसहित ट्रफी प्रदान गरिएको थियो । त्यस्तै कार्यक्रममा कक्षा–११ र १२का शिक्षकहरुलाई पनि मायाको चिनोबाट प्रदान गरिएको थियो ।

 

कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका सदस्य एवम् विद्यालयले सञ्चालन गरेको अतिरिक्त क्रियाक्लाप कार्यक्रमका संयोजक अमित खम्बू, अभिनन्दित व्यक्तित्व नेपाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

 

नवआगन्तुक विद्यार्थीहरुको स्वागतमा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन विद्यालयका इञ्चार्ज जीवन लिम्बूले सञ्चालन गरेका थिए । प्रधानाध्यापक गिरीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अग्रज पत्रकार रमेश समदर्शीले गरेका थिए ।