काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलकिपर किरण चेम्जो र मिडफिल्डर तथा डिफेन्डर रोहित चन्द व्यावसायिक खेलाडी बन्दै एन्फा डेमा प्रोफेसनल प्लेयरको अवार्ड जित्न सफल भएका छन् ।

आइतबार अन्नपूर्ण होटलमा सम्पन्न एन्फा डेमा पहिलोपल्ट आयोजक अखिल नेपाल फुटबल संघले यो विधामा पुरस्कृत गरेको हो । अवार्डेड दुवै जनाले जनही एक एक लाख पाएका छन् ।

किरण माल्दिभ्सको टीसी स्पोर्टस् र रोहित इण्डोनेसियाको पेर्सिजा जाकार्ताबाट व्यावसायिकरुपमा फुटबल खेलिरहेका छन् ।