इलाम । प्रदेश नम्बर १ स्तरीय प्रथम पुरुष फुटबल प्रतियोगिताको उपाधि जिल्ला खेलकुद विकास समिती इलामले उचाल्न सफल भएको छ ।

फाइनलमा जिल्ला खेलकुद विकास समिती धनकुटाको चुनौती २–१ गोल अन्तरले पन्छाउदै इलामले उपाधी आफनो पक्षमा पार्न सफल भयो । उपाधी संगै इलामले नगद १ लाख ५० हजार ट्रफि तथा प्रमाण पत्र हात पारेको छ भने धनुकटाले उप विजेता हँुदै नगद ७५ हजार प्राप्त ग¥यो ।

इलामको जितका लागी खेलको ३२ औ मिनेटमा शिशिर लेखी र ५८ औ मिनेटमा पासाङ शेर्पाले गोल गरेका थिए । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको ३२ औ मिनेटमा हेममणि मगरको हेडिङ पासमा लेखीले हेडर मार्फत जाली चुमाउदै अग्रता कायम गरेका थिए ७० मिनेट खेलाइएको प्रतियोगिताको पहिलो हाफ १ शुन्यमा सकिएको थियो ।

पासाङ शेर्पाले खेलको ५८ औ मिनेटमा सुसान्त कार्कीको क्रस पासमा हेडिङ फ्लिक गर्दै निर्णायक गोल गरे । सुरुवाती राम्रो खेल प्रदर्शन गरेको धनकुटाले भने फिनिसिङमा चुक्दा उपविेतामा मा सिमित भयो । धनुकटाको लागी एक मात्र सान्तोना गोल खेलको ७० औ मिनेटमा भएको थियो ।

सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ ले पहिलो पटक तेह्रथुमको लागिगुरास नगरपालिका स्थित वसन्तपुर खेल मैदानमा प्रतियोगिता आयोजना गरेको थियो ।

प्रतियोगिता विजेता टिमलाई प्रदेश नम्बर १ का सभामुख प्रदिप कुमार भण्डारीले नगद, प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरेका थिए भने उपविजेता टिमलाई प्रदेश संसद लक्ष्मण तिवारीले नगद र प्रमाण पत्र वितरण गरेका थिए । बैशाख २१ गते वाट सुरु भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १४ वटै जिल्लाको सहभागिता रहेको थियो ।