शनिश्चरे । ‘सुन सुन साथी, हाम्रो देब्रे छाती, छातीभित्र मुटु मुटुभित्र हाम्रो काङ्रेस पार्टी’ गीत गुन्जिरहेको थियो । नेपाली काङ्ग्रेस र गठबन्धन दलका कार्यकर्ता छमछ्मी नाचिरहेका थिए ।
अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बिहानीटोलमा पुगेका अर्जुनधारा नगरपालिकाका लागि गठबन्धनका तर्फबाट नगरप्रमुख पदका उम्मेदवार युवा नेतृ रन्जिता कार्की, उपप्रमुख पदका उम्मेदवार जितेस योन्जन र वडा नम्बर ६ का लागि वडाध्यक्षका उम्मेदवार हरिस बाँस्तोलाले स्थानीय आमाबुवा, दाजुभाइ, दिदीबहिनीसँग मतसँगै आशीर्वाद मागे ।
गत बैशाख १४ गतेदेखि वडा वडामा चुनावी अभियान र गठबन्धन दलको घोषणापत्र लिएर घर घरमा पुगेका उम्मेदवारहरुले आफ्नो पक्षमा मतदान गरेर नगरको समग्र बिकासका लागि अवसर दिन आग्रह गरेका छ्न् ।
यसअघि पाँचवटा वडामा घरदैलो अभियान सम्पन्न गरेका गठबन्धन दलका उम्मेदवारले नगरको सर्वाङ्गीण बिकासका आफूहरुले सशक्त भूमिका खेल्ने र प्रतिबद्धतामा उल्लेखित कार्य गरेर देखाउने बताएका छ्न् ।
चुनाब प्रचारका क्रममा गठबन्धनका कार्यकर्ताले मत हाल्ने तरिकाबारे स्थानीयलाई बुझाउँदै चुनावमा अनिवार्यरुपमा भाग लिन पनि मतदालाई आग्रह गरेका थिए ।