अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकाका लागि मेयर पदमा एमालेलाई सुरुवाती अग्रता मिलेको छ । वडा नम्बर १ बाट मतगणना सुरु भएको पहिलो चरणमा एमालेलाई अग्रता मिलेको हो ।
पहिलो चरणको ९५ मत गणना हुँदा एमालेका उम्मेद्वार बलदेव सिंह गोम्देनलाई ४३ मत मिलेको छ । गठबन्धनकी कांग्रेस उम्मेद्वार रञ्जिता कार्कीले ३७ मत पाएकी छन् । यसैगरी, उपमेयरमा एमालेकी खड्गमाया पराजुलीले ४० मत ल्याउँदा गठबन्धनका माओवादी उम्मेद्वार जितेश योञ्जनले २५ मत ल्याएका छन् । यसैगरी, मेयर पदमा राप्रपाका उम्मेदवारले २ मत र उपमेयर पदमा ५ मत प्रात गरेका छन् ।
वडाध्यक्षको प्राप्त मतअनुसार एमालेका उम्मेद्वार विष्णु ढकालले ३५ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेद्वार उपेन्द्र बस्नेतले ४७ मत ल्याइ अग्रता लिएका छन् । यसैगरी, राप्रपाका उम्मेद्वार विशाल खड्काले ३ मत प्राप्त गरेका छन् ।
यस वडाको कुल मत संख्या २२९५ रहेको छ भने पहिलो चरणमा ९५ मत गन्दा १८ मत बदर भएको जनाइएको छ । अन्य मत गणना जारी रहेको छ ।
कुल ५३ हजार ७४५ कुल मतदाता संख्या रहेको यस नगरमा यसपटकको निर्वाचनमा ३८ हजार ५२३ मत खसेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । समग्रमा ७१ दशमलव ६८ मत खसेको छ ।