बिर्तामोड । नेपाली कांग्रेसले पूर्ण अपेक्षा गरेको बिर्तामोड ३ मा एमालेको प्यानल नै निर्वाचित भएको छ । एमालेका वडाध्यक्षका उम्मेद्वार मदन बुढाथोकीसहित प्यानल नै निर्वाचित भएको हो ।
भद्र र शालिन स्वभावका बुढाथोकीलाई मतदाताले कांग्रेसका उम्मेद्वार प्रेम उप्रेतीभन्दा दोब्बर बढी मत दिएर जिताएका हुन् । बुढाथोकीले २२६३ मत प्राप्त गरिरहँदा उप्रेतीले भने ११४१ मतमा चित्त बुझाउनु परेको छ ।
सो वडाको महिला सदस्यमा धनसरी राजवंशी, दलित महिला सदस्यमा लक्ष्मी रोक्का, खुल्ला दुई सदस्यमा भागीमान लिम्बु र हरिप्रसाद बाँस्कोटाको जीत निश्चित भएको छ ।
कांग्रेसको प्रभाव क्षेत्र भनिदैं आएको बिर्तामोड ३ मा २०४८ देखि कांग्रेसले जित्दै आएको थियो । बुढाथोकीले कांग्रेसको प्रभाव क्षेत्र भनिएको ३ नम्बरलाई तीन दशकपछि तोडेका छन् ।
गठबन्धनबाट मेयरको उम्मेद्वार भोजराज सिटौला सोही वडाको वडाध्यक्ष थिए । गठबन्धनको तर्फबाट मेयरको उम्मेद्वार बनेका सिटौलाको पडक वडा मानिएको वडा नं ३ कांग्रेसले जित्ने दावी गरेको थियो ।