झापा । झापा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जयनारायण साह पुनः दोहोरिए । यो पालिकामा कांग्रेसले अध्यक्ष, उपाध्यक्षसहित दुई तिहाई बहुमत जित्यो । यहाँ गठवन्धन भएको थिएन । यद्यपि ७ वडामध्ये ५ वटा वडा कांग्रेसले जित्यो । पालिकाका दुई वटा वडामा भने बागी उम्मेदवार निर्वाचित भएका छन् ।

 

झापाको हल्दिबारी गाउँपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रवीन्द्र लिङदेन दोहोरिएका छन् । राप्रपाले यहाँ अध्यक्ष, उपाध्यक्षसहित बहुमत सदस्य जितेको छ । रविन्द्र राप्रपा अध्यक्ष राजेन्द्रका लिङदेनका माइला भाइ हुन् ।

 

कनकाई नगरपालिकाको प्रमुखमा नेकपा एमालेका राजेन्द्रकुमार पोखरेल पुनः विजयी भएका छन् । २०७४ को निर्वाचनमा कांग्रेसकै उम्मेदावरलाई पराजित गरेका उनले यसपटक पनि कांग्रेसकै रुद्र चिमरियालाई हराए ।

 

विर्तामोडको प्रमुख एमालेकी पवित्रा महतरा वनेकी छन्। अघिल्लो कार्यकालकी उपप्रमुख उनले गठवन्धनका कांग्रेस उम्मेदवार भोजराज सिटौलालाई हराएर दोश्रो इनिङ शुरु गरेकी हुन् । उनी पालिका प्रमुख वन्ने जिल्लाकै पहिलो महिला हुन् ।

 

चारै जना पालिकामा अध्यक्षरप्रमुख दोहोरिए । तर, उपाध्यक्षरउपप्रमुख नयाँले जिते । कनकाईको उपप्रमुख कांग्रेसकी आशा शर्मा शिवाकोटीले जितिन्। झापाको उपाध्यक्ष कांग्रेसकै अन्जुदेवी थपलियाले जित्दा हल्दीवारीमा राप्रपाकै लक्ष्मीदेवी मैनाली उपप्रमुख बनिन् ।

 

विर्तामोडमा नगेन्द्र संग्रौला उपप्रमुख वने । जनताको मन जित्नेहरु पुनः चुनाव जिते । मन नजित्नेहरु पराजित भए । इकान्तिपुर