अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा स्थानीय तह निर्वाचनको परिणामअनुसार नेकपा एमालेका उम्मेद्वार बलदेव सिंह गोम्देन निर्वाचित भएका छन् । विपक्षी उम्मेद्वारसँग ५ हजारभन्दा बढी मत ल्याएर विजयी बन्दा गोम्देनसँगै एमालेकी उम्मेद्वार पनि उपमेयरमा निर्वाचित भइन् ।

 

गोम्देनले १९ हजार १६९ मत ल्याउँदा प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उम्मेद्वार रञ्जिता कार्की ५ हजार ४२६ मतले पछि परिन् । कार्कीले जम्मा १३ हजार ७४३ मतमात्र प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय अर्जुनधाराले जनाएको छ ।

 

यस्तै, उपमेयर पदमा नेकपा एमालेकी प्रत्याशी खड्गमाया पराजुलीले ८ हजार ५६६ मतले पछि पार्दै प्रतिद्वन्द्वीलाई पराजित गरिन् । उनले १७ हजार ६३७ मत ल्याइन् भने गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेद्वार जितेश योञ्जनले ९ हजार ७१ मतमात्र पाए ।

 

 

राप्रपाका तर्फबाट मेयर पदका प्रत्याशी सूर्यकुमार खतिवडाले १ हजार १९४ मत ल्याउँदा उपमेयरका उम्मेद्वार तारादेवी बस्नेतले १ हजार ८३१ मत ल्याइन् । सोही पदमा उन्नत लोकतन्त्र पार्टीका उम्मेद्वार चित्रबहादु विकले १५ मत ल्याएका छन् ।