काठमाडौं । लामो समय बन्द अवस्थामा रहेको नेपालको एकमात्र रंगशाला दशरथले पछिल्लोपटक मुहार फेर्न थालेको छ । अहिले अन्तर्राष्ट्रियस्तरको रंगशालाको रुपमा पुनर्निर्माण भइरहेको छ ।
दक्षिण एसियाली खेलकुद (साग)को १३औं संस्करण आयोजना गर्ने तयारीमा रहेको नेपालले त्यसका लागि आवश्यक पूर्वाधार निर्माणको कार्यलाई पनि तिव्रता दिएको हो । दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यो खेलकुदको कुम्भमेला काठमाडौं र पोखरामा आयोजना हुँदैछन् ।
त्यसैक्रममा ७२ सालको विनाशकारी भूकम्पले जीर्ण बनेको नेपालको एकमात्र रंगशाला दशरथ रंगशाला हाल पूनर्निर्माणको तयारीमा छन् । गोलनेपालको रिपोर्टअनुसार रंगशालाको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको बताइएको छ ।