झापा । मेचीनगर नगरपालिका-८ जोरसिमलस्थित महेन्द्र राजमार्गबाट करिब ५० मिटर तल जमिनमा अन्दाजी ३५-४० वर्षका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

 

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।