झापा । भारतबाट मुखभित्र प्रतिबन्धित लागूऔषध ब्राउनसुगर लुकाएर ल्याउँदै गर्दा अर्जुनधाराका एक युवा भद्रपुरमा पक्राउ परेका छन् ।
हिजो साँझ ७ः४५ बजे वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा गुल्म भद्रपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री अर्जुनधारा नगरपालिका वडा नम्बर ९ बस्ने २२ वर्षीय अरमान खानलाई पक्राउ गरेको हो ।
चेकजाँच गर्दा उनले मुखभित्र प्लाष्टिकले पोका पारी लुकाइछिपाइ ल्याउँदै गरेको प्लाष्टिकबाहेक २ ग्राम ०४ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरबाट थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको छ ।