धनकुटा । तमोर करिडोर सडकखण्डअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका ४ स्थित फलामेटारमा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।
सोमबार राति विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक करिब ८ः२० बजे ब्रेक फेल भई सडकमा पल्टिएपछि आगलागी भएको थियो । दुर्घटनामा ट्रक चालक भोजपुरका ३० वर्षीय विशाल राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
ट्रकमा सवार सहचालक तेह्रथुमको म्याङलुङ नगरपालिका ९ का १८ वर्षीय सञ्जीव सौङ्ग्रौला भने सकुशल रहेको धनकुटाका प्रमुख प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिएको खबर गोरखापत्रमा छ ।