पाँचथर । पाँचथरको फिदिममा जारी रुस्लान दशौँ फाल्गुनन्द गोल्डकपको फाइनल प्रवेशका लागि आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र पाहुना टोली भारतको रोयल एफसी दार्जीलिङ भिड्दैछन् । खेल फिदिमस्थित फिदिम माविको खेलमैदानमा दिउँसो २ः३० बजेदेखि हुँदैछ ।

दर्शकको भरपुर समर्थन पाउदै आएको रोयल आफ्ना नियमित स्ट्राईकर करण राईसहित मैदान उत्र्दैछ । आर्मीले भने आफ्नो दोस्रो सेटलाई मैदान उत्रा¥ने छ ।

जारी प्रतियोगितामा रोयलले ब्वाईज यूनियन क्लब काठमाडौँलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । आर्मीले भने फिदिम स्र्पोटिङ क्लबलाई रोक्दै रोयलसँगको भेट पक्का गरेको हो ।

विजेता टोलीले उपाधिका लागि आगामी सोमबार फाइनलमा झापासँग खेल्नुपर्नेछ । फिदिम स्पोर्टिङ क्लब र जिल्ला फुटबल संघ पाँचथरले संयुक्तरुपमा आयोजना गरेको गोल्डकपको विजेताले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । प्रतियोगितामा १० टिमले सहभागीता जनाएका छन् ।