चतरा । सुनसरीको बराहक्षेत्र मन्दिरबाट भोजपुरको त्रिवेणीतर्फ जाँदै गरेको मोटरबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

 

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार दुर्घटनामा परी एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन ।

 

प्रहरीका अनुसार ५ जना सकुशल घर फर्किसकेका छन् । १ जना घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको डुङ्गामा १६ जना सवार रहेको बताइएको छ । तर, १२ जनाले टिकट काटेको खुलेको छ ।

 

मृतक तीनै जनाको शव चतरा अस्पतालमा राखिएको छ । डुङ्गा चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप विवरण आउन बाँकी छ।