भद्रपुर । वडा नम्बर १ भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ ।

भद्रपुर माविको मैदानमा आयोजित शनिवार भएको खेलमा वडा नम्बर ९ लाई पाँच विकेटले पराजित गर्दै वडा नम्बर १ सेमीफाइनलमा प्रवेश गरेको हो । टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ९ ले निर्धारित २० ओभरको खेलमा १८ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ११४ रन बनाए ।

११५ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर १ ले १७ ओभर ३ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेटाए । वडा नम्बर १ बाट छैठौ विकेटका लागि दिपेन श्रेष्ठ र सागर लिम्बुले उत्कृष्ट साझेदारीले टिम विजयी भए । आक्रमक पारी खेल्दै श्रेष्ठले सात चौका र दुई छक्का प्रहार गर्दै ३९ बलमा ४४ रन बनाए, भने चार चौका र एक छक्का प्रहार गर्दै लिम्बुले २८ बलमा नटआउट ३० रन बनाए । टिमका लागि गणेश राईले तीन चौका प्रहार गरी १२ बलमा १६ जोडेका थिए ।

वडा नम्बर ९ का तर्फ परास बास्तोलाले ३ ओभर ३ बलमा २७ रन खर्चिएर दुई विकेट लिएका थिए । निशान्त मगरले ३ ओभरमा २३ रन खर्चिएर एक विकेट, विशाल राईले ४ ओभरमा १८ रन खर्चिएर एक विकेट र श्रीदेश निरौलाले ३ ओभरमा १३ रन खर्चिर एक विकेट लिएका थिए ।

उता पहिला व्याटिङ्ग रोजका वडा नम्बर ९ बाट तीन जना खेलाडीले मात्र दोहोरो रन जोडन सफल भए । जसमा विशाल राईले तीन चौका र एक छक्का प्रहार गर्दै २० बलमा २८ रन, पारस बास्तोलाले तीन चौका प्रहार गर्दै २८ बलमा २२ रन र रणित श्रेष्ठले दुई चौका प्रहार गर्दै १० बलमा ११ रन जोडे । वडा नम्बर १ का मदन भण्डारी र प्रताप तामाङ्गले ३÷३ विकेट लिए । भण्डारीले ४ ओभरमा १७ रन खर्चिए भने तामाङ्गले ३ ओभर ४ बलमा १६ रन खर्चिएका थिए । विमल लिम्बु, टंक बस्नेत, दिपेन श्रेष्ठ र सुरज विकले एक÷एक विकेट लिएका थिए । खेलको म्यान अफ द म्याच वडा नम्बर १ का दिपेन श्रेष्ठ घोषित भए । उनलाई नगद र ट्रफिसहित पुरस्कृत गरिएको थियो ।

आइतबार हुने खेल वडा नम्बर ७ र १० बीच हुने आयोजक समितिले जनाएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको विजेता टिमलाई नगद ४० हजार र उपविजेता टिमलाई २० हजार नगदसहित शिल्ड तथा मेडल प्रदान गरिने बलबस्र्टस क्लवका अध्यक्ष जितेन्द्र शर्माले जानकारी दिए ।