अर्जुनधारा। नेपाल रेडक्रस सोसाईटी अर्जुनधारा उपशाखा र युवा रेडक्रस सर्कल शनिश्चरे बहुमुखी क्याम्पस इकाई समितिको संयुक्त आयोजनामा सोमबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

उपशाखाका अध्यक्ष पूण्यप्रसाद भट्टराई र समितिका अध्यक्ष पुरुषोत्तम पौड्यालको संयुक्त नेतृत्वमा क्याम्पस परिसर सरसफाई गरिएको कार्यक्रममा प्राध्यापकहरु, विद्यार्थीहरु, स्वतन्त्र विद्यार्थी युनियनका प्रतिनिधिलगायतको सहभागिता रहेको थियो ।

सोही कार्यक्रमको सन्दर्भमा सरसफाई अभियान नगर समितिको तर्फबाट क्याम्पसलाई दुई थान डस्टविन वितरण गरिएको अभियन्ता कमल पोखरेलले जानकारी दिए । समितिका अध्यक्ष पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रममा उपशाखाका अध्यक्ष भट्टराई, अभियानका अभियन्ता विष्णु आचार्य, प्राध्यापक तिलचन ढुंगेल, भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष अमित खम्बूलगायतले सरसफाईका विषयमा धारणा व्यक्त गरेका थिए ।

हाल क्याम्पस परिसर सरसफाई गर्दै शुरु गरेको सो अभियानालाई सचेतनात्मक कार्यक्रमको रुपमा अन्य स्थानमा पनि सञ्चालन गर्ने बताइएको छ ।